अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए « Khabarhub

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा दुई अमेरिकी सैनिकको ज्यान गएको छ । अफगानिस्तानमा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोसँग आबद्ध दुई अमेरिकी सैनिक मारिएका हुन् ।

अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेका बेला अफगानिस्तानमा अमेरिकी सैनिकको हताहती भएको हो । तालिबानले अमेरिकी सैनिकविरुद्ध आक्रमण गर्दै आएपनि पछिल्लो आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन ।

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले अफगानिस्तानको भ्रमण गरेको २४ घण्टा नबित्दै अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिएका हुन् ।
अमेरिकाको इतिहासमा नै लामो युद्धको रुपमा रहेको ‘अफगान युद्ध’ अन्त्यको लागि गत सेप्टेम्बरमा पनि अमेरिकाले तालिबान लडाकू समूहलाई वार्तामा ल्याउने कोशिसले गरेको थियो ।

अफगानिस्तानमा युद्धरत तालिबान लडाकू समूह र अमेरिकाबीच आगामी जुन २९ मा कतारको राजधानी दोहामा हुने कार्यक्रम छ ।

अफगानिस्तानमा अझै १४ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन् । ती सैनिकहरु अफगान फौजलाई तालिम र सल्लाहका लागि तैनाथ गरिएको बताइन्छ । अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म करिब एक लाख नेटोआवद्ध अमेरिकी सेना रहेका थिए ।

ती सैनिकहरु सन् २०१४ को अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै आफ्नो देश फर्किएपछि त्यहा करिब १४ हजार नेटोआवद्ध अमेरिकी सैनिक मात्र बाँकी रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ३ : १० बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित