यस वर्षको धान दिवस बर्दियामा मनाउँदै सरकार « Khabarhub

यस वर्षको धान दिवस बर्दियामा मनाउँदै सरकार


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यस बर्ष धान दिवस तथा रोपाई दिवसको मुल कार्यक्रम बर्दियामा गर्ने भएको छ ।

कृषि विभाग अन्र्तगत गठित सोहै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरि यसबर्षको धान दिवस बर्दियामा गर्न लागिएको जानकारी गराएको हो ।

यस बर्षको धानदिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका, वडा नम्बर ८ धोविनीपुरमा गरिने भएको छ ।

यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ । पत्रकार सम्मेलनमा चालु आर्थिक बर्ष २०७५ /७६ मा धानको उत्पादन अहिले सम्म कै उच्च भएको जानकारी पनि गराईयो ।

महाशाखाका निमित्त महानिर्देशक एवं सौहै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डाक्टर रेवती रमण पौडेलले अघिल्लो बर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।

धान नेपालको मुख्य खाद्यान्न बाली हो । मनाङ्ग र मुस्ताङ्ग बाहेक सबै जिल्लामा धान खेती हुदै आएको छ । नेपालमा मौसमको आधारमा चैते धान, बर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ । खेती गरिने कूल क्षेत्रफलको ४८ दशमलब ३ प्रतिशत जमिनमा धान खेती गरिदै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ०६ बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड