भारतीय महिलाले नक्कली तस्वीर पेश गरी सगरमाथा चढेको प्रमाणपत्र लिएको खुलासा « Khabarhub

भारतीय महिलाले नक्कली तस्वीर पेश गरी सगरमाथा चढेको प्रमाणपत्र लिएको खुलासा


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय एक महिलाले नक्कली प्रमाण पेश गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिएको खुलासा भएको छ ।

भारतको जम्मु कश्मीर राज्यकी नाहिदा मन्जुरले सगरमाथाको शिखर पुगेकी अर्कै भारतीय महिलाको तस्बीर सम्पादन गरी आफूले सगरमाथा आरोहण गरेको दाबीसहित नेपाल सरकारबाट प्रमाणपत्र लिएको खुलासा भएको हो ।

उनले आफू सगरमाथाको शिखरमा पुग्ने पहिलो कश्मीरी महिला भएको दाबी गरेकी थिइन् । तर, मुमिन मुस्ताकले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बीर अनुसार नाहिदाले अर्की भारतीय महिला भावना डेरियाले सगरमाथा आरोहण गरेको तस्बीर फोटोसप गरी आफूले नै सगरमाथा आरोहण गरेजस्तो बनाएर नेपाल सरकारसँग सगरमाथा आरोहणको प्रमाणपत्र लिएको देखिएको छ । भारत मध्यप्रदेशकी भावनाले गत मे २२ का दिन सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

यसअघि भारतीय आरोहीहरु विकास राना, शोभा बनवाला र अंकुश कशानाको टोलीले सगरमाथाको क्याम्प ३ सम्म पुगेपनि यस्तै तस्बीर सम्पादन गरी आफूहरु सगरमाथाको शिखरमा पुगेको भनी प्रमाण देखाएर नेपाल सरकारबाट प्रमाणपत्र लिन खोजेका थिए । तैपनि आरोहण कम्पनीले उनीहरु सगरमाथाको शिखरमा नपुगेको जनाएपछि प्रमाणपत्र लिन भने पाएका थिएनन् ।

नेपाल सरकारको प्राबधान अनुसार सगरमाथा आरोहण गरेको तस्बीरमा आरोहण कम्पनीको छाप भएको हुनुपर्ने, टिम लिडरको प्रतिवेदन, सगरमाथा सम्पर्क कार्यालयको प्रमाणीकरण र आरोहण कम्पनीको लेटरप्याडमा आरोहीलाई प्रमाणपत्र दिनू भनी सिफारिसपछि मात्र नेपाल सरकारले सगरमाथा आरोहण गरेको प्रमाणपत्र दिने गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : १२ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक