गाँजाको विकल्प दिँदै जनप्रतिनिधि | Khabarhub Khabarhub

गाँजाको विकल्प दिँदै जनप्रतिनिधि


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमीन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ । आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महीना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन् ।

तीनै तस्करले गाँजा लगाउन, गोडमेल गर्न, थन्काउन र ढुवानीका लागि उनीहरुलाई नै प्रयोग गर्दै आएका छन् । तस्करको काम गर्नुपर्ने स्थानीयवासीको बाध्यतालाई अन्त्य गर्न स्थानीय तहका जनप्रतिनिधिले फलफूल, तरकारी, पशुपालनमा अनुदान दिन शुरु गरेका हुन् ।

राप्ती नगरपालिका–१० का अध्यक्ष अमरबहादुर तामाङ २० डोको मकै हुने स्थानमा तस्करले गाँजा लगाउन रु ५० हजारसम्म दिने भएपछि कानूनी अड्चन नबुझेका स्थानीयवासी त्यसतर्फ लाग्ने गरेको बताउनुहुन्छ । गाउँलेलाई गाँजा खेती गर्नु गैरकानूनी भएको बुझाउँदै फलफूलका बिरुवा लगाउन लगाउने, अग्र्यानिक तरकारी खेती गर्न सिकाउने, बेमौसमी तरकारी खेती गराउने, पशुपालन, मौरीपालनजस्ता काममा सहयोग गर्न थालेको तामाङले बताउनुभयो ।

वडा तह, नगरपालिका, मौरी जोनजस्ता सरकारी निकायले उनीहरुलाई विकल्पका लागि विभिन्न कार्यक्रमहरु लैजाने गरेका छन् । मकवानपुरसँगको सीमाक्षेत्रमा गाँजा लगाउने क्रम बढिरहेको भन्दै उनीहरुलाई विकल्प दिन नगरपालिका लागिपरेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो । राप्ती नगरपालिकाका चार वडा पहाडी क्षेत्रमा पर्दछन् ।

नगरपालिका बन्नुअघि ती वडा लोथर र कोराक गाउँ विकास समितिमा पर्दथे । ती क्षेत्रमा १३ हजार हाराहारी जनसङ्ख्या रहेका छन् । बरालका अनुसार यस वर्ष ती वडामा १० हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरिएका छन् । होचो ठाउँमा लिची र अग्लो ठाउँमा किवी, हलुवावेद, आँप, च्यूरीजस्ता फलफूलका बिरुवा वितरण गरिएको बरालले जानकारी दिए । वडा कार्यालयलले नगरपालिकासँग समन्वय गरेर कृषिसँगै अन्य विभिन्न वैकल्पिक पेशामा लैजान अभियानको रूपमा काम गरिरहेको उनको भनाइ छ ।

सडक पुगेका स्थानमा गाँजा लगाउने क्रम घट्दै गएको भए पनि विकट स्थानमा अहिले पनि गाँजाखेती गर्ने प्रचलन छ । स्कूलका विद्यार्थी, गाउँले समूहमार्फत गाँजाखेती गर्नु कानूनविपरीत भएको सन्देश प्रवाह गर्ने काम पनि नगरपालिकाले गरिरहेको बराल बताउँछन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ११ : २३ बजे

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक