करोडौं पर्ने कार चढ्छन् यी हिरोहिरोइन, प्रियंकासँग मात्र छ यस्तो गाडी « Khabarhub

करोडौं पर्ने कार चढ्छन् यी हिरोहिरोइन, प्रियंकासँग मात्र छ यस्तो गाडी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय फिल्म उद्योग नेपालीहरुको लागि चासोमा रहने गरेको छ । धेरै नेपालीले भारतीय अभिनेता अभिनेत्रीको जीवनशैलीबारे पनि चासो राखिरहेका हुन्छन् ।

भारतीय फिल्म उद्योमा धेरै स्टारहरु छन् जसले पैसा र नाम कमाएका छन् ।

धेरै दाम कमाएका कारण उनीहरुको जीवनशैली र उनीहरुले प्रयोग गर्ने सामान पनि महंगा हुने गरेका छन् ।

उनीहरुले लगाउने कपडादेखि लिएर हिरोइनहरुले प्रयोग गर्ने व्यागसम्म पनि लाखौं मूल्यको हुने गरेको समाचार भारतीय सञ्चारमाध्यमहरु आउने गरेका छन् । यसै क्रममा भारतीय सेलिब्रेटीहरुले प्रयोग गर्ने महँगा कारहरुको बारेमा पनि भारतीय सञ्चारमाध्यमहरुमा बेलाबेलामा समाचारहरु प्रकाशन हुने गरका छन् ।

सेलिब्रेटीको महंगो जीवनशैलीबारे हामी यहाँ उल्लेख गर्दै छौं ।

महंगा कार चढ्ने यो लिस्टमा सञ्यज दत्त देखि लिएर अमिताभ बच्चनसम्मको नाम छ । हालसालै दुई स्टारले महँगो कार किनेका छन् । आज हामी तपाईलाई बलिउडका स्टारहरुका बारेमा बताउँन गइरहेका छौं जसले विलाशी कार चढ्छन् ।

सञ्जय दत्त– सञ्जय दत्त हालसालै एक नयाँ रेन्ज रोबर गाडी किनेका छन् । सञ्जयले रेन्ज रोबर एल डव्ल्यू बी एसइ किनेका छन् । यो डिजेलवाला कारको मूल्य २.३३ करोड हो । आफ्नो कारको तस्वीर सञ्जयले इन्स्टाग्राममा राखेका छन् ।

यी बाहेक सञ्जय दत्तसँग अरु धेरै कारहरु छन् ।

अमिताभ बच्चनले केही दिन पहिला मर्सिडिज बेन्ज भी क्लास किनेका थिए । यो गाडी भारतमा लञ्च भएको सबैभन्दा महंगो एमपीवी कार मध्ये एक हो । जसको मूल्य भारतीय रुपैयाँ ६८ लाख रहेको जनाइएको छ ।

प्रियंका चोपडा पनि कारकी शोखिन हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउडकी उनी एक मात्र अभिनेत्री हुन् जोसँग रोयल रोयस रहेको छ । यसका साथ प्रियंकासँग अरु कार पनि रहेको छ ।

जसको मूल्य ५ करोड २५ लाख रहेको छ । हालसालै प्रियंकाले निकसँग विवाह गरेपछि उनलाई पनि कार उपहार दिएकी थिइन् ।

उनले निकलाई दिएको मर्सिडिज कारको मूल्य भारतमा १० करोड ५० लाख भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कटरीना कैफ पनि कारको शोखिन हुन् । कटरीनासँग कयौं गाडीहरु छन् तर हालसालै उनले एक गाडी किनेकी छिन् जसको मूल्य ४९ देखि ६५ लाख रहेको बताइएको छ ।

सलमान खानपनि विलासी गाडीका शोखिन हुन् । हालसालै उनले १ करोड ८७ लाखको कार किनेका छन् ।

विलाशी गाडी किन्ने व्यक्तिमा वरुढा धवन पनि पर्छन् । उनीसँग पनि महँगो गाडी रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ११ : ४३ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना