क्षेप्यास्त्र प्रक्षेपण युद्ध चाहनेका लागि औपचारिक चेतावनी–उत्तर कोरिया « Khabarhub

क्षेप्यास्त्र प्रक्षेपण युद्ध चाहनेका लागि औपचारिक चेतावनी–उत्तर कोरिया


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण ‘युद्ध चाहने दक्षिण कोरियालीहरू’ का लागि ‘एउटा औपचारिक चेतावनी’ भएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोन उनले ‘सम्भावित तथा प्रत्यक्ष खतराहरूको सामना गर्नका लागि’ अस्त्रहरूको विकास गर्न आफ्नो मुलुक बाध्य भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

किमले नयाँ अस्त्र प्रणालीबाट ‘सन्तुष्ट’ भएको र त्यसको ‘प्रतिरक्षा गर्न सहज नहुने’ दाबी गरेका छन्। दक्षिण कोरियाले ‘चेतावनीलाई बेवास्ता गरेर भूल गर्न नहुने’ उनको भनाइ छ।

दक्षिण कोरियाले तनाव मत्थर पार्ने काममा असहयोगी हुने गतिविधि बन्द गर्न प्योङयाङलाई आग्रह गरेको छ। उसले क्षेप्यास्त्र परीक्षणहरू एउटा सैन्य खतरा भएको पनि बताएको छ। अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियालाई उक्साहटपूर्ण कार्यबाट टाढा रहन आग्रह गरेको छ।

उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वोन्सानबाट बिहीवार ‘इस्ट सी’ भनेर पनि चिनिने ‘सी अफ जापान’ मा छोटो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए। दक्षिण कोरियाका सेना प्रमुखका अनुसार एउटा क्षेप्यास्त्रले करिब ६९० किलोमिटर दूरीसम्म यात्रा गरेको थियो।

संयुक्त राज्य अमेरिकाले पनि ती क्षेप्यास्त्रहरू ‘छोटो दूरीको’ भएको पुष्टि गरेको छ। ती क्षेप्यास्त्रहरू आफ्नो जलक्षेत्रसम्म नपुगेको जापानले जनाएको छ।

जुन ३० तारिखमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच उत्तर तथा दक्षिण कोरियालाई छुट्ट्याउने असैनिकृत क्षेत्रमा भेटेपछिको प्योङयाङबाट गरिएको पहिलो क्षेप्यास्त्र परीक्षण हो।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको निर्धारित वार्षिक संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरिया क्रुद्ध भएपछि ती परीक्षणहरू गरिएका बीबीसीले जनाएको छ । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास रद्द गर्न अस्वीकार गरेका छन्। यद्यपि उनीहरूले उल्लेख्य रूपमा आकार घटाएका छन् ।

गत वर्ष किम र उत्तर कोरियाले पारमाणविक परीक्षण तथा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रहरूको प्रक्षेपण नगर्ने बताएका थिए। यद्यपि उत्तर कोरियाले पारमाणविक गतिविधिहरू जारी राखेको ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १२ : ३१ बजे

गगन र विश्वलाई योगेको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न