क्षेप्यास्त्र प्रक्षेपण युद्ध चाहनेका लागि औपचारिक चेतावनी–उत्तर कोरिया « Khabarhub

क्षेप्यास्त्र प्रक्षेपण युद्ध चाहनेका लागि औपचारिक चेतावनी–उत्तर कोरिया


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण ‘युद्ध चाहने दक्षिण कोरियालीहरू’ का लागि ‘एउटा औपचारिक चेतावनी’ भएको जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोन उनले ‘सम्भावित तथा प्रत्यक्ष खतराहरूको सामना गर्नका लागि’ अस्त्रहरूको विकास गर्न आफ्नो मुलुक बाध्य भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

किमले नयाँ अस्त्र प्रणालीबाट ‘सन्तुष्ट’ भएको र त्यसको ‘प्रतिरक्षा गर्न सहज नहुने’ दाबी गरेका छन्। दक्षिण कोरियाले ‘चेतावनीलाई बेवास्ता गरेर भूल गर्न नहुने’ उनको भनाइ छ।

दक्षिण कोरियाले तनाव मत्थर पार्ने काममा असहयोगी हुने गतिविधि बन्द गर्न प्योङयाङलाई आग्रह गरेको छ। उसले क्षेप्यास्त्र परीक्षणहरू एउटा सैन्य खतरा भएको पनि बताएको छ। अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियालाई उक्साहटपूर्ण कार्यबाट टाढा रहन आग्रह गरेको छ।

उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वोन्सानबाट बिहीवार ‘इस्ट सी’ भनेर पनि चिनिने ‘सी अफ जापान’ मा छोटो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए। दक्षिण कोरियाका सेना प्रमुखका अनुसार एउटा क्षेप्यास्त्रले करिब ६९० किलोमिटर दूरीसम्म यात्रा गरेको थियो।

संयुक्त राज्य अमेरिकाले पनि ती क्षेप्यास्त्रहरू ‘छोटो दूरीको’ भएको पुष्टि गरेको छ। ती क्षेप्यास्त्रहरू आफ्नो जलक्षेत्रसम्म नपुगेको जापानले जनाएको छ।

जुन ३० तारिखमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच उत्तर तथा दक्षिण कोरियालाई छुट्ट्याउने असैनिकृत क्षेत्रमा भेटेपछिको प्योङयाङबाट गरिएको पहिलो क्षेप्यास्त्र परीक्षण हो।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको निर्धारित वार्षिक संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरिया क्रुद्ध भएपछि ती परीक्षणहरू गरिएका बीबीसीले जनाएको छ । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास रद्द गर्न अस्वीकार गरेका छन्। यद्यपि उनीहरूले उल्लेख्य रूपमा आकार घटाएका छन् ।

गत वर्ष किम र उत्तर कोरियाले पारमाणविक परीक्षण तथा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रहरूको प्रक्षेपण नगर्ने बताएका थिए। यद्यपि उत्तर कोरियाले पारमाणविक गतिविधिहरू जारी राखेको ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १२ : ३१ बजे

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले