रविलाई अदालत लैजादा समर्थक भेला हुन नपाउने, पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने « Khabarhub

रविलाई अदालत लैजादा समर्थक भेला हुन नपाउने, पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता भएसँगै प्रशासनले अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

मुद्दा दर्ता भएपछि आइतवार नै अदालतले अस्मिता कार्कीको वयान लिएको थियो । समय अभाव भएका कारण लामिछाने र कँडेलको वयान सोमबार(आज) का लागि तय भएको छ । वयानपछि आजै थुनछेक बहस हुनेछ ।

रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका रविका समर्थकले आईतवार(हिजो) प्रहरीमाथि आक्रमण गर्ने, गाडी तोडफोड गर्ने र टायर बालेर प्रदर्शन गर्ने जस्ता कार्य गरेपछि प्रशासनले आइतवार साँझ नै निषेधाज्ञा जारी गरेको हो ।

आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हुलदंगा वा अशान्ति गर्ने उदेश्यले पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने भन्दै स्थानीय प्रशासनले क्षेत्रसमेत तोकेको छ ।

काहाँ कहाँ गर्न पाइँदैन प्रदर्शन ?

पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म

पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म

उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म

दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : ०० बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।