पीएसजीको जितमा मोटिङको दुई गोल « Khabarhub

पीएसजीको जितमा मोटिङको दुई गोल


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा सहज जित निकालेको छ ।

आईतबार राति भएको खेलमा स्टार खेलाडीबिनानै मैदान उत्रिएको पीएसजीले टुलुजलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन चौपो मोटिङले दुई गोल गरे । मार्किन्होसले एक गोल गरे । पीएजीका लागि खेलको ५० औँ मिनेटमा मोटिङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५५ औँ मिनेटमा गोन्साल्वेसको आत्मघाति गोलबाट पीएसजीले २–० गोलको अग्रता बनाएको थियो । त्यस्तै खेलको ७५ औँ मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता ३–० बनाए । निकैनै रोमाञ्चक खेलमा मार्किन्होसले ८३ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै पीएसजी तीन खेलबाट ६ अंक जोडेको छ । पीएसजी तालिकाको तेस्रो स्थानमा छ । टुलुज तीन खेलबाट ४ अंकसहित तालिकाको १२ औ स्थानमा छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : २६ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद