चितवन अदालतमा युवराज कँडेलको बयान शुरु, २६ जना वकिलहरुले बहस गर्ने « Khabarhub

चितवन अदालतमा युवराज कँडेलको बयान शुरु, २६ जना वकिलहरुले बहस गर्ने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

बयान लिनका लागि कँडेल र लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत स्रोतका अनुसार अहिले युवराज कँडेलको बयान शुरु भइसकेको छ ।

२६ जना वकिलले बहस गर्ने
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको थुनछेक बहसमा २६ जना अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्ने भएका छन् ।

जिल्ला अदालत चितवन स्रोतका अनुसार वादी र प्रतिवादीका तर्फबाट बहस गर्न भनेर कूल २६ जना वकिलहरुले आफ्नो वकालतनामा पेश गरेका छन् ।

वादी नेपाल सरकारको तफर्पबाट जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्मा नेतृत्वमा सरकारी वकिल र कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।

यस्तै प्रतिवादीहरुमध्ये रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलगायतले बहस गर्दैछन् ।

१० दिन लामो प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेको थियो ।

अभियोग पत्र दायर भएपछि जिल्ला अदालत चितवनले अभियुक्तहरुको बयान लिन शुरु गरेको थियो । सोमबार रवि र कँडेलको बयान सकेर थुनछेक बहस शुरु हुने संभावना छ । तर, सोमबार नै बहस सकिने संभावना भने कम रहेको अदालत स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : ३४ बजे

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि