सांसदको आरोप– एम्बुलेन्स चलाउने ड्राइभर निजी अस्पतालका एजेन्ट ! « Khabarhub

सांसदको आरोप– एम्बुलेन्स चलाउने ड्राइभर निजी अस्पतालका एजेन्ट !


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सांसद नवराज सिलवालले स्वास्थ्य क्षेत्रलाई व्यापारिकरण गरिँदा सर्वसाधारण जनता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

निजी अस्पतालहरुले नाफा कमाउन गरीने अस्वस्थ प्रतिस्पर्धाले जनता मारमा परेको सांसद सिलवालको भनाइ छ ।

उनले बिरामीलाई अस्पताल पठाउने एम्बुलेन्स चालकहरु निजी अस्पतालको एजेन्ट बनेको अरोप समेत लगाए । सरकारी अस्पतालकाे आकस्मिक सेवा कक्षमा बिरामीलाई निजी अस्पताल पठाउने एजेन्टहरु सक्रिय रहेको सांसद सिलवालको अरोप छ ।

‘निजी अस्पतालहरुले बिरामी पुर्‍याउने एम्बुलेन्सवालाहरुलाई पैसा दिने गर्छन् । जुन अस्पतालले बढी पैसा दियो त्यहि बिरामी पुर्‍याउने चलन देखिन्छ,’ सांसद सिलवालले भने, ‘सरकारी अस्पतालका इमर्जेन्सीमा प्राइभेट अस्पतालका एजेन्ट बसेर यहाँ आइसियु खाली छैन भन्दै यो  अस्पतालमा लैजानु भन्ने गरीएको छ ।’

सांसद सिलवालले अघिकाशं निजी अस्पतालहरुले १० प्रतिशत शय्या निशुल्क नगरेको भन्दै स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले निजी अस्पतालको सेवा प्रवाहको विषयमा तत्काल अनुगमन गर्नुपर्ने माग गरे ।

‘सरकारले प्राइभेट अस्पतालहरुमा १० प्रतिशत वेड निशुल्क गर्नुपर्ने व्यवस्था गरेपनि निजी अस्पतालले त्यस्तो व्यवस्था गरेको छैन, स्वास्थ्य मन्त्रालयले सहि रुपमा अनुगमन गरी गरीएको छैन,’ उनले भने, ‘म स्वासथ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु, प्राइभ्ट अस्पतालहरुले दिइरहेको सेवाको अनुगमन तुरुन्त थालियोस् ।’

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ५५ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर