प्रचण्डको अध्यक्षतामा बसेको बैठकको पहिलो निर्णय–नेताविरुद्ध बोल्न कार्यकर्तामाथि प्रतिबन्ध « Khabarhub

प्रचण्डको अध्यक्षतामा बसेको बैठकको पहिलो निर्णय–नेताविरुद्ध बोल्न कार्यकर्तामाथि प्रतिबन्ध


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले अव आफ्ना नेता तथा कार्यकर्ताका बारेमा टिप्पणी गर्न नपाउने भएका छन् ।

एकताको १५ महिनामा पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार बसेको सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता कार्यकर्ताले पार्टी नेताका बारे व्यक्तिगत टिप्पणी गर्नु परे प्रक्रियागत ढंगले पार्टीभित्रै राख्नुपर्ने निर्णय गरेको जानकारी दिए।

माधव नेपालको बरिएता घटुवा गरेपछि माधव नेपालले राखेको फरक मतका विषयमा केन्द्रीय सदस्य तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतमले फेसबुक स्ट्याटस लेख्दै तल्लोस्तरको आलोचना गरेका थिए । त्यसलाई लिएर अध्यक्ष ओली र नेपालबीच अघिल्लो बैठकमा भनाभन समेत भएको थियो। ओलीले गौतमलाई कारवाही गर्नुको सट्टा उनको बचाउ गरेपछि नेता नेपाल क्रुद्ध बनेका थिए।

त्यसयता पनि पूर्वएमाले र पूर्वमाओवादी तर्फका केन्द्रीय सदस्यहरुबीच सामाजिक सञ्जालमै बाझाबाझ चलिरहे्को छ।

अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको बैठकको निर्णय पछि अव नेकपाका नेता कार्यकर्ता सार्वजनिक ठाउँमा पार्टीका नेता-कार्यकर्ता विरुद्ध आरोप-प्रत्यारोप गरे कारवाहीको भागिदार बन्नेछन्।

पार्टी प्रवेश गरेका चार जना थपिए

बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको छ ।

पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राईद्वय विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् । यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो ।

नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ४३ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले