चितवनमा आज पनि प्रदर्शन, रविका समर्थकबाट दुई ट्रकमा तोडफोड « Khabarhub

चितवनमा आज पनि प्रदर्शन, रविका समर्थकबाट दुई ट्रकमा तोडफोड


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन जारी राखेका छन् । लामिछानेको रिहाईको माग गर्दै भइरहेको प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरुले दुईवटा ट्रकमा तोडफोड गरेका छन् ।

काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै गरेको ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको छ ।

दुवै ट्रकमा आशिंक क्षति पुगेको बताइएको छ । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यलय चितवनले निषेधित क्षेत्र घोषणा गरे पनि भरतपुरका विभिन्न चोकचोकमा नारा, जुलुस, र्‍याली र प्रदर्शन भइरहेको छ । यसैबीच, आज नेकपा विप्लव समूहको चितवन बन्द गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  २ : ५३ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न