चितवनमा आज पनि प्रदर्शन, रविका समर्थकबाट दुई ट्रकमा तोडफोड « Khabarhub

चितवनमा आज पनि प्रदर्शन, रविका समर्थकबाट दुई ट्रकमा तोडफोड


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन जारी राखेका छन् । लामिछानेको रिहाईको माग गर्दै भइरहेको प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरुले दुईवटा ट्रकमा तोडफोड गरेका छन् ।

काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै गरेको ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको छ ।

दुवै ट्रकमा आशिंक क्षति पुगेको बताइएको छ । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यलय चितवनले निषेधित क्षेत्र घोषणा गरे पनि भरतपुरका विभिन्न चोकचोकमा नारा, जुलुस, र्‍याली र प्रदर्शन भइरहेको छ । यसैबीच, आज नेकपा विप्लव समूहको चितवन बन्द गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  २ : ५३ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि