आज पनि चितवन अशान्त, प्रदर्शनकारी र प्रहरीबीच झडप « Khabarhub

आज पनि चितवन अशान्त, प्रदर्शनकारी र प्रहरीबीच झडप


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रहरी हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलनरत समर्थकहरुले भरतपुरको चौबिसकोठीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दश दिनदेखि जारी आन्दोलनका क्रममा उनीहरुले आज कही सवारी साधनमाथि तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ ।

भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार पनि गरेको छ ।

प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् भने यतिवेला राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।

यसैबीच, प्रदर्शनकारीहरुले निषेधाज्ञाको वेवास्ता गर्दै नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल र्‍याली गरेका छन् ।
शहरका चोकचोकमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिन्छ । भित्री सडकसम्म सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ०६ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ