आज पनि चितवन अशान्त, प्रदर्शनकारी र प्रहरीबीच झडप « Khabarhub

आज पनि चितवन अशान्त, प्रदर्शनकारी र प्रहरीबीच झडप


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रहरी हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलनरत समर्थकहरुले भरतपुरको चौबिसकोठीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दश दिनदेखि जारी आन्दोलनका क्रममा उनीहरुले आज कही सवारी साधनमाथि तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ ।

भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार पनि गरेको छ ।

प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका छन् भने यतिवेला राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।

यसैबीच, प्रदर्शनकारीहरुले निषेधाज्ञाको वेवास्ता गर्दै नारायणगढदेखि भरतपुरको विभिन्न चोकचोकमा मोटरसाइकल र्‍याली गरेका छन् ।
शहरका चोकचोकमा ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिन्छ । भित्री सडकसम्म सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ०६ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग