उपनिर्वाचनका लागि राप्रपा संयुक्तबाट निर्वाचन परिचालन समिति गठन « Khabarhub

उपनिर्वाचनका लागि राप्रपा संयुक्तबाट निर्वाचन परिचालन समिति गठन


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपा (संयुक्त) ले आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनलाई मध्यनजर गरेर निर्वाचन परिचालन समिति गठन गरेको छ ।

उच्च कार्यसम्पादन समिति सदस्य धु्रवबहादुर प्रधानको संयोजकत्वमा गठित ९ सदस्यीय निर्वाचन समितिले संघीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि आवश्यक तयारी गर्नेछ ।

पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले जनाएअनुसार, निर्वाचन परिचालन समितिले विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तय गर्नेछ ।

ठाकुर प्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजंग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाहीलाई निर्वाचन परिचालन समितिको सदस्यको जिम्मेवारी दिइएको छ भने रामशरण पाठकलाई सदस्य सविचको भूमिकामा राखिएको छ ।

यसैगरी राप्रपा (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन (संयुक्त) गठन गरिएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा गठित १३ सदस्यीय समिति किसानको हक, हित, अधिकार, सेवा, सुविधा र सहुलियतमा केन्द्रीत रहनेछ ।

इनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णु प्रसाद पोखरेल, राजेश्वर राय यादव, राम आशिष पाण्डे, केष्ण विक्रम शाह, मातृका भुषाल, बसन्त अधिकारी, नवराज सिलवाल, नारायण बहादुर राउत, सुवास पण्डितलाई किसान संगठनको सदस्यको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ३ : ३४ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले