बढाएको तलब नपाएको भन्दै पेट्रोलियम मजदुर संघ आन्दोलनमा « Khabarhub

बढाएको तलब नपाएको भन्दै पेट्रोलियम मजदुर संघ आन्दोलनमा


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्ष (२०७६/७७) देखि लागू हुने गरी सरकारले घोषणा गरेको पारिश्रमिक कार्यान्वयन नभएको भन्दै अखिल नेपाल पेट्रोलिय मजदुर संघले आन्दोलन घोषणा गरेको छ ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुले खाइपाइ आएको तलबमा ३८.६७ प्रतिशत बृद्धि गरेको थियो । तर, पेट्रोलियम क्षेत्रमा कार्यरत मजदुरहरुको तलब नबढाइएको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघका अनुसार पेट्रोलियम क्षेत्रमा कार्यरत मजदुरहरुको तलब बढाइएको छैन । साथै, बैंक मार्फत तलब भुक्तानी गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छैन ।

संघले आफ्ना माग पूरा गराउनका लागि भदौ ९ देखि २२ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : १८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा