मेस्सीको रुपमा ग्रिजम्यानको तुलना « Khabarhub

मेस्सीको रुपमा ग्रिजम्यानको तुलना


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान यहिँ सिजनमा स्पेनिस महारथी बार्सिलोनामा आवद्ध भएका हुन् । लिगमा उनको डेब्यु खेलमा बार्सिलोना पराजित भयो । यो सिजनमा बार्सिलोनाले ला लिगामा एथ्लेटिक विल्वाओसँग खेल्दै नयाँ सिजनको शुरुवात गरेको थियो । जुन खेलमा बार्सिलोना १–० ले पराजित भएको थियो ।

तर, सोमबार बिहान भएको खेलमा भने बार्सिलोनाले रियल बेटिसविरुद्ध उत्कृष्ट जीत हात पार्‍यो । बेटिसविरुद्ध बार्सिलोनाले ५–२ गोलअन्तरको प्रभावशाली जीत निकाल्यो । कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी र अर्का स्टार खेलाडी लुइस स्वारेज तथा उसमान डेम्बेले मैदान नउत्रिएको खेलमा नायक बने ग्रिजम्यान । उनले बार्सिलोनाका लागि दुई महत्वपूर्ण गोल गरे ।

उनले आफ्नै शैलीमा गोल गरेपनि ‘सेलिब्रेसन’ चाहिँ स्टार खेलाडी मेस्सीको जस्तै गरे । १–० ले पछि परेको बार्सिलोनाका लागि ग्रिजम्यानले खेलको ४१ औं मिनेटमा उत्कृष्ट गोल गरे । उनले गोल गरिसकेपछि घरेलु दर्शकतर्फ फर्किएर गोल सेलिब्रेसन गरेका थिए । त्यस्तै, उनले खेलको ५० औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।

ग्रिजम्यानले महत्वपूर्ण खेलमा उत्कृष्ट दुई गोल गर्दा उनलाई मेस्सीको अर्को रुपमा हेरिएको छ । मेस्सी बार्सिलोनाको महत्वपूर्ण पिलर हुन् र यो सिजनको पहिलो खेलमा बार्सिलोनाले पराजय व्यहोर्दा मेस्सी टिममा नहुँदाको अभाव भनेर विश्लेषण भएको थियो ।

नाउ क्याम्पमा ग्रिजम्यानको डेब्यु खेल सम्झनलायक बनेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : २३ बजे

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको