अब एयरपोर्ट क्षेत्रमा सेकुवा पोल्न नपाइने « Khabarhub

अब एयरपोर्ट क्षेत्रमा सेकुवा पोल्न नपाइने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल क्षेत्रको सडक किनारका पसलमा सेकुवा पोल्न नपाइने नियम लागू गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सेकुवा पोल्न नपाइने नियम लागू गरिने बताएका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले गौशालादेखि तीनकुनेसम्मको सडक क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने बताए ।

उक्त क्षेत्रमा नराम्रो गन्ध आउने खालका अन्य गतिविधिसँगै खुला रुपमा सेकुवा पोल्न नपाउने व्यवस्था गरिने मन्त्री भट्टराईको भनाइ छ ।

मन्त्री भट्टराईले पाशुपत क्षेत्रमा रहेको विद्युतीय शवदाह गृहमा ५ ओटा नयाँ मेसिन थप गर्ने पनि बताए ।

यस्तै, ज्येष्ठ नागरिकहरुको दर्शनका लागि पशुपतिनाथका ४ ओटै ढोकाबाट सहजै जान सकिने व्यवस्था गरिने पनि मन्त्री भट्टराइले जानकारी दिए ।

७० वर्ष पूरा भएका नागरिकलाई विमानमा ५० प्रतिशत छुट

मन्त्री भट्टराईले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई हवाई यात्राको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था लागू गरिने घोषणा गरे ।

मन्त्री भट्टराईका अनुसार आन्तरिक तर्फको उडानमा ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : ४३ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार