अब एयरपोर्ट क्षेत्रमा सेकुवा पोल्न नपाइने « Khabarhub

अब एयरपोर्ट क्षेत्रमा सेकुवा पोल्न नपाइने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल क्षेत्रको सडक किनारका पसलमा सेकुवा पोल्न नपाइने नियम लागू गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सेकुवा पोल्न नपाइने नियम लागू गरिने बताएका हुन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले गौशालादेखि तीनकुनेसम्मको सडक क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने बताए ।

उक्त क्षेत्रमा नराम्रो गन्ध आउने खालका अन्य गतिविधिसँगै खुला रुपमा सेकुवा पोल्न नपाउने व्यवस्था गरिने मन्त्री भट्टराईको भनाइ छ ।

मन्त्री भट्टराईले पाशुपत क्षेत्रमा रहेको विद्युतीय शवदाह गृहमा ५ ओटा नयाँ मेसिन थप गर्ने पनि बताए ।

यस्तै, ज्येष्ठ नागरिकहरुको दर्शनका लागि पशुपतिनाथका ४ ओटै ढोकाबाट सहजै जान सकिने व्यवस्था गरिने पनि मन्त्री भट्टराइले जानकारी दिए ।

७० वर्ष पूरा भएका नागरिकलाई विमानमा ५० प्रतिशत छुट

मन्त्री भट्टराईले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई हवाई यात्राको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था लागू गरिने घोषणा गरे ।

मन्त्री भट्टराईका अनुसार आन्तरिक तर्फको उडानमा ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ४ : ४३ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन