पुडासैनी आत्महत्या प्रकरण– जिल्ला अदालतमा बहस सकियो, केही समयमै आदेश आउने « Khabarhub

पुडासैनी आत्महत्या प्रकरण– जिल्ला अदालतमा बहस सकियो, केही समयमै आदेश आउने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणअन्तर्गत दायर आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले ३ जनालाई अभियुक्त बनाएर दायर गरेको मुद्दामा प्रतिवादीको बयान पछि शुरु भएको थुनछेक बसह सकिएको जिल्ला अदालत चितवन स्रोतले खबरहबलाई जानकारी दियो ।

अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको इजालशले आजै आदेश सुनाउने तयारी छ ।

आइतबारसम्म उक्त प्रकरण प्रहरीको अनुसन्धानकै दायरमा थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले चितवनले नर्स अस्मिता भनिने रुकु कार्की, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालय चितवनले कार्की, कँडेल र लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसूरसमेत गरेको अभियोग लगाएको छ ।

मुद्दाको थुनछेक बहसका लागि २६ जना वकिलहरुले आफ्नो वकालतनामा दर्ता गराएका थिए । तर, २१ जनाले मात्रै बहस गरेका चितवन जिल्ला अदालत स्रोतले जानकारी दियो ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा बहस गर्न ५ जना कानून व्यवसायीले आफ्नो वकालतनामा दर्ता गराएका थिए । तर, वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ता सुनिल पोखरेलले मात्रै बहस गरेको अदालत स्रोतले खबरहबलाई जानकारी दियो ।

यस्तै, मुद्दाको पक्षमा (वादीका तर्फ)बाट जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्मासहितका सरकारी र निजी वकिलहरुले बहस गरेका जनाइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : ३४ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न