पुडासैनी आत्महत्या प्रकरण– जिल्ला अदालतमा बहस सकियो, केही समयमै आदेश आउने « Khabarhub

पुडासैनी आत्महत्या प्रकरण– जिल्ला अदालतमा बहस सकियो, केही समयमै आदेश आउने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणअन्तर्गत दायर आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले ३ जनालाई अभियुक्त बनाएर दायर गरेको मुद्दामा प्रतिवादीको बयान पछि शुरु भएको थुनछेक बसह सकिएको जिल्ला अदालत चितवन स्रोतले खबरहबलाई जानकारी दियो ।

अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको इजालशले आजै आदेश सुनाउने तयारी छ ।

आइतबारसम्म उक्त प्रकरण प्रहरीको अनुसन्धानकै दायरमा थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले चितवनले नर्स अस्मिता भनिने रुकु कार्की, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालय चितवनले कार्की, कँडेल र लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसूरसमेत गरेको अभियोग लगाएको छ ।

मुद्दाको थुनछेक बहसका लागि २६ जना वकिलहरुले आफ्नो वकालतनामा दर्ता गराएका थिए । तर, २१ जनाले मात्रै बहस गरेका चितवन जिल्ला अदालत स्रोतले जानकारी दियो ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा बहस गर्न ५ जना कानून व्यवसायीले आफ्नो वकालतनामा दर्ता गराएका थिए । तर, वरिष्ठ अधिवक्ता सुशील पन्त र अधिवक्ता सुनिल पोखरेलले मात्रै बहस गरेको अदालत स्रोतले खबरहबलाई जानकारी दियो ।

यस्तै, मुद्दाको पक्षमा (वादीका तर्फ)बाट जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्मासहितका सरकारी र निजी वकिलहरुले बहस गरेका जनाइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ५ : ३४ बजे

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा