विदेश जाँदा रविले अदालतको स्वीकृति लिनुपर्ने « Khabarhub

विदेश जाँदा रविले अदालतको स्वीकृति लिनुपर्ने


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा धरौटीमा रिहा भएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले विदेश जाँदा अदालतको स्वीकृति लिनुपर्ने भएको छ ।

शालिकराम प्रकरण मुद्दा अदालतमा विचाराधीन भएकाले विदेश जाँदा पनि अदालतको स्वीकृति लिनुपर्ने भएको हो ।

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेर रिहा गरेको हो । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

त्यस्तै अदालतले सिधाकुरा जनतासँग कार्यक्रम चलाउन पाउने भए पनि पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने फैसला सुनाएको छ।

सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : ०३ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि