चामल उद्योगलाई ५० हजार जरिवाना | Khabarhub Khabarhub

चामल उद्योगलाई ५० हजार जरिवाना


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई ५० हजार जरिवाना गरिएको छ ।

स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डष्ट्रिद्वारा सञ्चालित सोडा उद्योगलाई साइनबोर्ड राखेर कारोवार गर्न सात दिनको म्यादसमेत दिएको छ ।

बाँकेका सहायक प्रमुख अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा गएको टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, उपभोक्ता हित संरक्षण मञ्च र प्रहरीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ६ : ५८ बजे

पाकिस्तानमा पोलियोविरुद्धको खोप अभियानमा बम विस्फोट, सात जनाको मृत्यु

पाकिस्तान– पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित

काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको

नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा

काठमाडौं– नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा पुगेको छ । पहिलो खेलमा

जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना

कञ्चनपुर– भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली

माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रामपुर– पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको