कालोबजारी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

कालोबजारी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कालोबजारी रोक्न नारी जागरण अभियान पोखराले प्रदेश सरकारको ध्यानाकार्षण गराएको छ ।

पर्वहरुलाई विकृतिरहित र मौलिक रुपमा मनाउने वातावरण सिर्जना गर्न अभियानले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

अभियानका संयोजक अञ्जु केसीले चाडपर्वको नाममा हुने कालोबजारी, सार्वजनिक यातायातको दोब्बर भाडादर, गुणस्तरहीन उपभोग्य वस्तुहरु, चोरी डकैती, हत्या, हिंसालगायतका सामाजिक विकृति नियन्त्रणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको बताए।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री चुमानले नागरिकस्तरबाट सरकारलाई ध्यानाकर्षण गराएकामा नारी जागरण अभियानलाई धन्यवाद दिदैं पर्वलाई सामाजिक सद्भाव कायम गरेर विकृतिरहित बनाउनका लागि सरकार गम्भीर रहेको बताए ।

उनले सचेत नागरिकबाट सभ्य समाज निर्माण हुने भन्दै सरकारसँगै नागरिकले आफ्नो कर्तव्य पालना गर्न सके सामाजिक सहिष्णुता कायम हुने बताए । ‘एकले आफ्नो स्वतन्त्रताको उपभोग गरिरहँदा अर्कोले आफ्नो अधिकार हनन भएको महसुस गर्ने वातावरण हुनुहुँदैन’, मन्त्री चुमानले भने ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले शान्ति सुरक्षा, अस्वभाविक मूल्यवृद्धि र कालोबजारी न्यूनीकरणका लागि स्थानीय प्रशासन इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : १४ बजे

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भिड (तस्बिरहरू) 

काठमाडौं– हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।

प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने ६ जना गहनासहित पक्राउ

काठमाडौं – प्रहरी प्रभाग इमाडोल तोडफोड र आगजनी गर्ने पाँच

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

घटस्थापना: दशैँको सुरुवात, के छ विधि ?

काठमाडौं – नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन

काठमाडौं – गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान