कर्णाली प्रदेश– कृषि मन्त्रालयको काम, हेलो किसानदेखि माटो परीक्षणसम्म « Khabarhub

कर्णाली प्रदेश– कृषि मन्त्रालयको काम, हेलो किसानदेखि माटो परीक्षणसम्म


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा १८ ऐनसहित २७ नीति, नियमावली एवं कार्यविधी निर्माण गरेको छ । तीमध्ये सबैभन्दा बढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धित छन् ।

अन्य मन्त्रालयले आवश्यक कानूनी संरचनासमेत खडा गर्न नसकिरहेका बेला कृषि तथा सहकारीले यस अवधिमा कानूनी र भौतिक आधार निर्माण गरिसकेको छ ।

प्रदेश सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकि मन्त्री विमला केसीले कृषि, पशु र सहकारी क्षेत्रको विकासका लागि विभिन्न नीतिनियम निर्माण गरेको जानकारी दिइन् ।

उनका अनुसार मन्त्रालयले हालसम्म कृषि कार्यक्रम कार्यान्वयनका लागि १७ कार्य्विधि, पशुपक्षीतर्फ चार कार्य्विधि, सहकारी, भूमि तथा गरीबी निवारणतर्फ दुई विधेयक, दुई कार्य्विधि र एक सुझाव समिति गठन आदेश तयार गरिएको छ ।

“पहिलो वर्ष आवश्यक कानून निर्माणमै बित्यो, अब काम अगाडि बढ्छ”, मन्त्री केसीले भनिन्, “बजेट खर्च गर्न आवश्यक संरचना तयार पारिसकेका छौँ, सर्वसाधारणले प्रदेश सरकारबाट प्रत्यक्ष लाभ पाउने अवस्था बल्ल आउँदैछ ।” मन्त्री केसीले चालू आवमा मन्त्रालयलाई विनियोजित कूल बजेटमध्ये ५७ प्रतिशत खर्च हुने दाबी गरिन् । हाल अधिकांश योजना÷कार्यक्रम सम्झौताकै चरणमा छन् ।

जिल्ला तहमा स्थापना भएका कार्यालयमा मन्त्रालयले आवश्यक बजेटको अख्तियारी प्रदान गरिसकेको छ । मन्त्रालयले प्रदेशका १० वटै जिल्लामा कृषि ज्ञान केन्द्र, पशु तथा भूमि व्यवस्थापनसम्बन्धी कार्यालय स्थापना गरेको छ । त्यस्तै गाउँपालिका र नगरपालिकामा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

हेलो किसान–सरकार हटलाइन

मन्त्रालयले किसानका गुनासो तथा सुझाव लिन शुरु गरेको छ । किसानका समस्या समाधानमा मन्त्रालयले आवश्यक पहल गर्नुका साथै आवश्यक सुझाव लिन मन्त्रालयले हटलाइन सेवा शुरु गरेको हो । किसानले १६६०८३५२०१२ नं डायल गरेर मन्त्रालयसमक्ष आफ्नो गुनासो तथा समस्या राख्दै आएका छन् । मन्त्रालयका सचिव शिवनारायण चौधरीले किसानका समस्या समाधानका लागि विज्ञ, सचिव र आवश्यक परे मन्त्रीले नै जवाफ दिने गरेको बताए । गुनासो सुन्न र विज्ञसँग किसानलाई जोड्न हप्ताको छ दिनकै तालीका बनाइएको छ । आइतबार बालीविज्ञानविज्ञ, सोमबार पशुविज्ञ, मङ्गलबार माटोविज्ञ, बुधबार मलविज्ञसँग सिधै किसानले कुरा गर्नेछन् । यस्तै शुक्रबार किसानसँग मन्त्रीले कुरा गर्ने गर्छन् ।

सूचना बोर्ड र उजुरी पेटिका

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचनापाटी र सुझाव पेटिका पनि स्थापना गरेको छ । स्थापना भएको झण्डै एक वर्षपछि मन्त्रालयले नागरिकलाई सहजै जानकारी दिनसक्ने डिजिटल सूचनापाटी र सुझाव पेटिका राखेको हो । मन्त्री केसीका अनुसार मन्त्रालयले दैनिक सम्पादन गरेका कामबारे सेवाग्राहीलाई जानकारी दिने उद्देश्यले सूचना बोर्ड राखिएको हो ।

सेवा कार्यालयबाटै माटो परीक्षण

मन्त्रालय मातहतमा रहेका सबै कार्यालयबाट माटो परीक्षण सेवा विस्तार गरिएको छ । “कहाँ कुन, खालको माटोमा के बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने बारेमा किसान जानकार हुनुपर्छ”, मन्त्री केसीले भनिन्, “त्यसैले मन्त्रालयले पनि माटो परीक्षणलाई उच्च प्राथमिकतामा राखेको छ ।”

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १० : ५५ बजे

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय