अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालका परराष्ट्रमन्त्रीलाई सोधे-के छ नेपालको खबर | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालका परराष्ट्रमन्त्रीलाई सोधे-के छ नेपालको खबर


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको हालखबर सोधेका छन् । उनले नेपालको पछिल्लो अवस्थाका बारेमा चासो राखे ।

राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपाल चासो र जिज्ञासा राखेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले अति संक्षिप्त भेट भएको भन्दै कुराकानी पनि संक्षिप्त भएको र अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको स्थितिबारे जिज्ञासा राख्दा थोरै जानकारी गराएको बताएका छन् ।

मन्त्री ज्ञवालीले भेटका क्रममा आपसी सहयोग तथा सहकार्यका विषयमा पनि थोरै कुराकानी भएको बताएका छन् ।

राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भएपनि उनको स्वास्थ्यका कारण परराष्ट्रमन्त्री ज्ञवाली सो कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : ४७ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा