झोलामा ८ किलो चरेश बोकेर नाइट बसमा सरर… « Khabarhub

झोलामा ८ किलो चरेश बोकेर नाइट बसमा सरर…


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बसमा यात्रारत एक युवती लागू औषध चरेशसहित पक्राउ परेकी छन् ।

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा ४ ख ८०६० नम्बरको रात्री बस चेकजाँचका क्रममा ८ किलो १ सय ६० ग्राम चरेशसहित २४ वर्षीया गिता राई पक्राउ परेकी हुन् ।

पर्साको पटेर्वा घर भएकी राईले आफूले बोकेको झोलामा प्लास्टिकले बेरेर ८ पोका चरेश राखेको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

पछिल्लो समय यात्रु बसमा समेत चरेश तस्करी हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडामा उक्त बसमाथि चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा २४ वर्षीया राईको झोलामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेकी राईमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : २३ बजे

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६