भरतपुर महानगरमा मेयर र उपमेयरबीच विवाद, उपमेयरले लगाइन् भ्रष्टाचारको आरोप | Khabarhub Khabarhub

भरतपुर महानगरमा मेयर र उपमेयरबीच विवाद, उपमेयरले लगाइन् भ्रष्टाचारको आरोप


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचनका बेला नै विवाद र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो समय प्रमुख र उपप्रमुखबीच विवाद बढ्दै गएको छ ।

नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जितेकी महानगर प्रमुख रेनु दाहाल र माओवादीसमेतकाे समर्थनमा कांग्रेसबाट चुनाव जितेकी उपप्रमुख पार्वती शाह ठकुरीबीच विवाद बढ्दै गएको हो ।

चुनावका बेला राम्रो सम्बन्ध रहेको चर्चा चल्ने गरेपनि पछिल्लो समय मेयर दाहाल र उपमेयर ठकुरीबीच विवाद र आरोप–प्रत्यारोप वढ्दै गएको छ ।

उपमेयर ठकुरीले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्कालीन अवस्थामा रेनुलाई मेयरमा जिताएर गल्ती गरेकोसम्म भन्न भ्याएकी छन् । ‘उहाँले कसरी मेयरमा चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सबैलाई थाहा नै छ,’ ठकुरीले भनिन्, ‘अहिले आएर उहाँलाई चुनाव जिताएर गल्ती गरिएछ कि भन्ने लागेको छ ।’

उपमेयर ठकुरीले मेयर दाहालको संलग्नतामा पछिल्लो समय महानगरपालिकामा अनियमितता बढ्दै गएको समेत आरोप लगाएकी छन् ।

‘महानगरमा अहिलेसम्म लेखा समिति गठन भएको छैन, जिन्सी समिति गठन भएको छैन । त्यहाँ भित्रको कारोबारहरु, खरिद बिक्रीहरु सबै कुरा हुन्छन् । त्यसलाई पारदर्शीतामा ल्याउनुपर्छ भन्ने मान्यताले पहिलो वैठकबाट मैले आवाज उठाउँदै आएकी छु,’ ठकुरीले भनिन्, ‘अहिले २४ औं वैठक बसिसकेको छ । अहिलेसम्म पनि कुनै विषय कार्यान्वयन भएको छैन ।’

जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि नयाँ गाडीहरु खरिद गरिएपनि त्यसको कुनै हिसाब सार्वजनिक नगरिएको उपमेयर ठकुरीले आरोप लगाइन् । ‘त्यहाँ हामी गएपछि पनि नयाँ गाडीहरु किनिएको छ । पुरानो गाडीहरु, फर्निचरहरु सामानहरु किनबेच भइराखेको छ,’ उपमेयर ठकुरीले भनिन्, ‘हेर्ने कि नहेर्ने ? कसले हेर्ने ? त्यो अत्यन्तै गम्भीर विषय भन्ने बुझेर यी कुराहरुलाई कार्यपालिकाको वैठकमा उठाउँदै गर्दा अहिलेसम्म एउटा पनि सम्बोधन भएको छैन ।’

मेयर दाहालले अत्यन्तै एकलौटी ढंगले काम गरेको पनि उपमेयर ठकुरीको आरोप छ । ‘अत्यन्तै एकलौटी ढंगले काम गर्नुभएको छ । उहाँले त अझै केसम्म भन्नुभएको छ भने, कार्यपालिकाको वैठकमा विमति राख्दै गर्दा, विना छलफल नै यो दुई दिन अगाडि हामीलाई दिनुपर्ने थियो भन्नुभयो, अन्तिममा के भन्नुभयो भने महानगर चलाउने प्रमुखले हो, कुनै कुरा विमति गर्दौ गर्दा पनि महानगरमा सुनुवाइ हुने छैन, महानगर सिङ्गो मेयरले मात्रै चलाउने, मैले चलाउने हो भन्नुभयो,’ उपमेयर ठकुरीले भनिन् ।

महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले समेत पक्षपाती गरेको उपमेयर ठकुरीको आरोप छ । ‘प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी छन् अहिले, उनले म प्रमुखको मात्रै हो, प्रमुखले भनेको मात्रै काम गर्ने हो, उपप्रमुखले भनेको कुनै पनि सम्बन्ध छैन भनेका छन्,’ उपप्रमुख ठकुरीले भनिन् ।

आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरका नेताबाट फेसबूकमार्फत धम्की आउँदा समेत मेयर दाहालले कुनै प्रतिक्रिया नजनाएको ठकुरीले आरोप लगाइन् । ‘उपप्रमुखको सचिवालयले चलाउने फेसबूकको म्यासेन्जरमा धम्की आएको थियो, हातलाई छोटो बनाउने, आँखा निकाल्ने, एसिडको वर्षा हुने भन्ने कुरा लेखेर धम्की आएको थियो,’ ठकुरीले भनिन्, ‘त्यो आइसकेपछि मैले पहिलोचोटी रेणु दाहाल, प्रमुख ज्युलाई गएर देखाए । उहाँ अभिभावको नाताले मैले देखाए । देखिसकेपछि उहाँले कुनै प्रतिक्रिया पनि जनाउनु भएन ।’

उपप्रमुख ठकुरीले बाहिरबाट धम्की आउने र महानगरपालिका भित्र पनि आफू सुरक्षित नभएको बताइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १ : २४ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर