ट्रम्पसँगको शिखर वार्ताका लागि हनोई पुगे किम « Khabarhub

ट्रम्पसँगको शिखर वार्ताका लागि हनोई पुगे किम


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनाेई– उत्तर कोरियाली सर्वोच्च नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको दोश्रो शिखर वार्ताका लागि भियतनामको राजधानी हनोई पुगेका छन् । शिखर वार्ताका लागि नेता किम चीनको बाटो हुँदै रेलयात्रा गरी शुरुमा सीमावर्ती शहर डाङ डोङ र डाङ डोङबाट सडकमार्गबाट हनोई पुगेका हुन् ।

किमलाई भियतनामका उच्चपदस्थ सरकारी अधिकारी तथा सत्तारुढ कम्युनिस्ट पार्टीका पदाधिकारीले स्वागत गरेका थिए । त्यसबाहेक किमलाई हनोईमा स्वागत गर्न सयौँ भियतनामीको सहभागिता थियो ।

किमले बुधबार र बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग हनोईमा शिखर वार्ता गर्ने कार्यक्रम छ । शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प पनि मंगलबार अबेर हनोई पुग्ने कार्यक्रम छ ।

विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ ।

यसअघि दुई नेताबीच गत वर्षको जुनमा सिङ्गापुरमा पहिलो पटक ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा अमेरिका र उत्तर कोरियाबीच भएका सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै टिप्पणी भइरहेका बेला यस पटकको शिखर वार्तामा ठोस सम्झौता हुने आकलन गरिएको छ ।

शिखर वार्ताका लागि हनोईको सुरक्षा व्यवस्था चुस्त बनाइएको भियतनामी अधिकारीले जनाएका छन् ।

ट्रम्पसँगको शिखर वार्ताबाहेक किमले भियतनामका प्रधानमन्त्री राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका शीर्षस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सन् १९६४ मा तत्कालीन शासक किम इल सुङ्ले तत्कालिन उत्तर भियतनामका राष्ट्रपिता हो चि मिन्हलाई भेट्न भियतनाम पुगेयता उत्तर कोरियाली नेताले भियतनामको भ्रमण गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ३ : ०४ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल