प्रहरीद्वारा काठमाडौंबाट ३१ सडक बालबालिकाको उद्दार « Khabarhub

प्रहरीद्वारा काठमाडौंबाट ३१ सडक बालबालिकाको उद्दार


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले ३१ जना सडक बालबालिकाको उद्दार गरेर पुनस्र्थापना केन्द्रमा पठाएको छ ।

‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत प्रहरीले काठमाडौंको गौशाला र ठमेल क्षेत्रबाट सडक बालबालिकाहरुको उद्दार गरेको हो ।

विभिन्न कारणले घर परिवारबाट बिछोडिएर सडकमा पुगेका बालबालिकालाई उद्दार गरेर पुनस्र्थापना केन्द्रमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

‘विभिन्न कारणले घरपरिवारबाट छुट्टिएका बालबालिकाहरु सडकमा आएर जोखिमपूर्ण जीवन जिउन बाध्य छन्,’ डिएसपी बोगटीले भने, ‘यस्ता बालबालिकाहरु विभिन्न प्रकारका लागू औषधको सेवन गर्ने तथा दुव्र्यसनीमा फस्ने खतरा हुन्छ । त्यसैले प्रहरीले उनीहरुलाई उद्दार गरेर पुनस्र्थापना केन्द्रमा पठाएको हो ।’

बालबालिका खोजतलास केन्द्रसँगको समन्वयमा प्रहरीले सडक बालबालिकाको उद्दार गरी पुनस्र्थापना केन्द्र पठाउन थालेको हो । बालबालिकाको उद्दार कार्यमा सोभर रिकभरी नामक पुनस्र्थापना केन्द्रको समेत सहयोग रहेको प्रहरीले जनाएको छ ।

सडकबाट उठाइएका ३१ जना बालबालिकालाई काठमाडौंको जोरपाटीस्थित सोभर रिकभरी सेन्टरमा पठाइएको डिएसपी बोगटीले जानकारी दिए ।

यी हुन् प्रहरीले उद्दार गरी पुनस्र्थापना केन्द्रमा पठाएका बालबालिका,

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : २८ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता