प्रहरीद्वारा काठमाडौंबाट ३१ सडक बालबालिकाको उद्दार « Khabarhub

प्रहरीद्वारा काठमाडौंबाट ३१ सडक बालबालिकाको उद्दार


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले ३१ जना सडक बालबालिकाको उद्दार गरेर पुनस्र्थापना केन्द्रमा पठाएको छ ।

‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत प्रहरीले काठमाडौंको गौशाला र ठमेल क्षेत्रबाट सडक बालबालिकाहरुको उद्दार गरेको हो ।

विभिन्न कारणले घर परिवारबाट बिछोडिएर सडकमा पुगेका बालबालिकालाई उद्दार गरेर पुनस्र्थापना केन्द्रमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

‘विभिन्न कारणले घरपरिवारबाट छुट्टिएका बालबालिकाहरु सडकमा आएर जोखिमपूर्ण जीवन जिउन बाध्य छन्,’ डिएसपी बोगटीले भने, ‘यस्ता बालबालिकाहरु विभिन्न प्रकारका लागू औषधको सेवन गर्ने तथा दुव्र्यसनीमा फस्ने खतरा हुन्छ । त्यसैले प्रहरीले उनीहरुलाई उद्दार गरेर पुनस्र्थापना केन्द्रमा पठाएको हो ।’

बालबालिका खोजतलास केन्द्रसँगको समन्वयमा प्रहरीले सडक बालबालिकाको उद्दार गरी पुनस्र्थापना केन्द्र पठाउन थालेको हो । बालबालिकाको उद्दार कार्यमा सोभर रिकभरी नामक पुनस्र्थापना केन्द्रको समेत सहयोग रहेको प्रहरीले जनाएको छ ।

सडकबाट उठाइएका ३१ जना बालबालिकालाई काठमाडौंको जोरपाटीस्थित सोभर रिकभरी सेन्टरमा पठाइएको डिएसपी बोगटीले जानकारी दिए ।

यी हुन् प्रहरीले उद्दार गरी पुनस्र्थापना केन्द्रमा पठाएका बालबालिका,

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : २८ बजे

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ