सरकार र मेडिकल कलेजबीच सहमति, बुधबारबाट अतिरिक्त शुल्क फिर्ता हुने « Khabarhub

सरकार र मेडिकल कलेजबीच सहमति, बुधबारबाट अतिरिक्त शुल्क फिर्ता हुने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल शिक्षाको शुल्कको विषयमा सरकार र मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमति भएको छ ।

मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीच दुई बुँदे सहमित भएको हो ।

जसअनुसार निजी मेडिकल कलेजले बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति जनाएका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सरकारी वार्ता टोली र मेडिकल कलेज सञ्चालकबीच साँझ ८ बजेदेखी बैठक बसेको थियो ।

शुल्कको विषयलाई लिएर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा थिए । मन्त्रिपरिषद बैठकले नै मेडिकल शिक्षाको शुल्क निर्धारण गर्ने गरेको भएपनि मेडिकल कलेजहरुले विभिन्न बाहानामा विद्यार्थीसँग बढी शुल्क उठाउँदै आएका थिए ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले शुल्कको विषयमा छानविन शुरु गरेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजहरुले विद्यार्थी भर्नामा २ अर्व ८५ करोड १३ लाख १६ हजार २ सय ९७ रुपैयाँ बढी लिएको तथ्यांक सहित कारबाहीका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

सतर्कता केन्द्रको प्रतिवेदन पछि सरकाले मेडिकल कलेजहरुलाई कात्तिक २५ गते १५ दिन भित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो । तर सरकारको अन्तिम अल्टिमेटम आज (मंसिर १० गते) सकिँदा पनि मेडिकल कलेजहरुले शुल्क फिर्ताको प्रक्रिया शुरु गरेका थिएनन् ।

मेडिकल कलेजहरुले शुल्क फिर्ता नगरेपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले हिजै देखि मेडिकल कलेज सञ्चालक, त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका निकायसँग छलफल शुरु गरेका थिए ।

सरकारले यसअघि नै शुल्क फिर्ता नगर्ने मेडिकल कलेजलाई ठगी मुद्धामा कारबाही अगाडी बढाउने घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : १५ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला