बालबालिका बेचबिखनविरुद्ध सकड नाटक « Khabarhub

बालबालिका बेचबिखनविरुद्ध सकड नाटक


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार तथा बेचबिखन रोकथामका लागि सडक नाटक गरिएको छ । ‘लनल नेपाल’को आर्थिक सहायोग तथा ‘किर्डाक नेपाल’को आयोजनामा सडक नाटक सञ्चालन गरिएको हो ।

मानव बेचबिखनजस्तो जघन्य अपराधबारे चेतना फैलाउन जिल्लाका सातवटै गाउँपालिकामा उक्त अभियान सञ्चालन गरिएको किर्डाक नेपालका फिल्ड सुपरभाइजर जनक बुढाले जानकारी दिए ।

बालबालिकामाथिको अत्याचार, बालश्रम, वैदेशिक श्रम शोषण, चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीयवासीलाई सडक नाटकमार्फत सचेत पारिएको उनको भनाइ छ ।

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन जिल्लाभरि सडक नाटक सञ्चालन गरिने भएको छ ।

अदानचुली र ताँजाकोट गाउँपालिकामा बालबालिका ओसारपसार, बालविवाह न्यूनीकरण, लैङ्गिक हिंसासम्बन्धी सडक नाटक प्रदर्शन गरिने उक्त कार्यमा संलग्न भुवन भण्डारीले बताए । यहाँका विद्यालय र गाउँमा सडक नाटक प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ४७ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु