नगर शिक्षा समितिको बैठक नबस्दा शिक्षकले तलब पाएनन् | Khabarhub Khabarhub

नगर शिक्षा समितिको बैठक नबस्दा शिक्षकले तलब पाएनन्


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला– गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनौदेखि तलब पाउन सकेका छैनन् ।

गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन् ।

नगरको अनुदानमार्फत यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले वैशाखदेखि तलब पाउन नसकेको नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष सुनिताकुमारी महतोले जानकारी दिए ।

नगर शिक्षा समितिको बैठक नियमित नबस्दा विद्यालय लथालिङ्ग अवस्था पुगेकाले समयमै यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको उपाध्यक्ष महतोले बताए ।

जनही रु १२ हजारका दरले मासिक तलब पाउँदै आएका शिक्षकलाई यस वर्षदेखि केही थप रकम जोडेर दिने नगरपालिका शिक्षा शाखाको योजना रहेको र सो सम्बन्धमा शिक्षा समितिबाट निर्णय गराउन बाँकी रहेकाले शिक्षकलाई समयमै तलब खुवाउन नसकिएको नगर शिक्षा शाखाका पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

गत वर्ष शिक्षकलाई तलबवापत नगरपालिकाले रु ५३ लाख छुट्याएको थियो । यस वर्षदेखि सोही शीर्षकमा रु ६० लाख छुट्याएकाले समयमै रकम मिलान हुन नसक्दा समस्या भएको अधिकारीले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ५१ बजे

उपाधि भिडन्त पक्का गरिसकेका नेपाल र म्यानमारले बराबरी खेले

काठमाडौं– जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपाल

पाथीभरामा केवलकार नबन्दैमा केही बिग्रदैन : मनोज गजुरेल

काठमाडौं – हास्य कलाकार मनोज गजुरेल पाथिभारामा केवलकार नबनाउँदा केही

शेखर भन्छन्- अब पार्टीभित्र अन्याय हुन दिन्न, कार्यकर्ता संरक्षण गर्छु

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई

राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह- सुशासन र समृद्धिको यात्रामा साथ दिनुहोस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन

अर्थसंक्षेप : नेपालको ‘ग्रे लिस्ट’ कथा : नेता कालोधनको वकालत गर्ने, साढे ११ अंकले बढ्यो नेप्से

नेपालको ‘ग्रे लिस्ट’ कथा : नेता कालोधनको वकालत गर्ने, व्यापारी