आज काठमाडौंको तापक्रम यो वर्षकै कम | Khabarhub Khabarhub

आज काठमाडौंको तापक्रम यो वर्षकै कम


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो ।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ । चिसो बढ्ने क्रममा छ ।

“यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा पुग्ने सम्भावना भने छैन् ।” मौसमविद् श्रेष्ठले भने । अबको केही दिन तापक्रम घटबढ भइरहने छ ।

पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ३५ बजे

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।