प्रचण्ड र वामदेव चुनावी सभामा बोल्नुअघि पोखरामा बम बिस्फोट « Khabarhub

प्रचण्ड र वामदेव चुनावी सभामा बोल्नुअघि पोखरामा बम बिस्फोट


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

बुधवार(आज) मध्याह्न पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनीकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको हो । उक्त सभामा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि पुगेका छन् । विस्फोट भएको भएपनि नेकपाको कार्यक्रम भने रोकिएको छैन । अहिले प्रचण्डले सभालाई सम्बोधन गरिरहेका छन् ।

विस्फोटमा परि पार्किङ गरि राखिएको बसमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

विस्फोटमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

मंसिर ९ गते सोमबार(अस्ति) पनि पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको थयिो ।

मंसिर १४ गते कास्की क्षेत्र नम्बर दुईमा उपचुनाव हुँदैछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १ : ०१ बजे

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र