सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजूरीउपर छानबिन « Khabarhub

सत्य निरुपण तथा मेलमिलाप आयोगको ५०९ उजूरीउपर छानबिन


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– सत्य निरुपण तथा मेलमिलाप आयोग प्रदेश नं ५ को मुकाम तुलसीपुरले ५०९ वटा उजूरीको प्रारम्भिक अनुसन्धान गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले आज तुलसीपुरमा आयोजना गरेको कार्यसम्पादन मूल्याङ्कन तथा भावि कार्यनीतिका विषयमा छलफल कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।

विसं २०७४ देखि सञ्चालनमा आएको उक्त कार्यालयमा एक हजार ७९९ उजूरी पठाइएको थियो । साथै आयोगका सहन्यायाधीवक्ता टेकबहादुर घिमिरेका अनुसार देशभर ६३ हजार ९५० निवेदन आयोगमा दर्ता भएका छन् । पछिल्लो एक वर्षदेखि अयोगले पूर्णता नपाउँदा देशभरका काम ठप्प भएको छ । तुलसीपुर मुकाममा पनि गएको वर्षको फागुनदेखि काम ठप्प छ ।

आयोगले पूर्णता पाएपछि काम शुरु हुनेसमेत उनले बताए । साथै आगामी दिनमा आयोगको थप कार्यलय विस्तार गर्ने वा हटाउने, आगामी दिनमा कसरी कार्यसम्पादन सहज बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । तत्कालीन नेकपा (माओवादी) र राज्यपक्षबाट पीडित भएकाको उजूरीको सुनुवाइ तथा प्रारम्भिक अनुसन्धान तथा न्यायिक व्यस्थापन गर्ने उद्देश्यले मुकाम खोलिएको हो ।

त्यस अवसरमा उच्च सरकारी वकिल कार्यालयका सहन्याधीवक्ता ईश्वरीप्रसाद वञ्जाडेले मुकाम कार्यालयलाई पनि पीडितलाई राहात दिने गरी अधिकार दिनुपर्ने बताए । उनले अहिले भएका कर्मचारीको सङ्ख्या घटाएर ती कर्मचारीले खाने तलब पीडितलाई दिनुपर्ने बताए । करारमा कर्मचारी भर्ना गर्दा द्वन्द्वपीडित परिवारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १ : ५१ बजे

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र