साग खेल्ने महिला भलिबल टोली कभर्ड हलमा « Khabarhub

साग खेल्ने महिला भलिबल टोली कभर्ड हलमा


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज (बुधबार)देखि शुरु हुँदैछ । १३ औं सागको पहिलो खेलमा बुधबार नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको महिला भलिबल टोलीसँग खेल्दैछ ।

घरेलु मैदानमा हुन लागेको सागमा नेपाली टोली आफ्नो सुखद् शुरुवातको खोजीमा रहेको छ ।

पाहुना टोली बंगलादेश पनि नेपाली टोलीमाथि हावी हुने लक्ष्यमा छ । खेल बुधबार दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुँदैछ ।

साग खेल्ने नेपाली र बंगलादेशी महिला भलिबल टोली कभर्ड हल पुगिसकेको छ ।

अहिले टोली कभर्ड हलमा अभ्यास गरिरहेको छ । सागमा महिला भलिबलका ६ टिम सहभागी छन् । ६ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । नेपालका अतिरिक्त समूह ए मा बंगलादेश र भारत रहेका छन् । समूह ‘बी’मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् ।

तर, भारत महिला भलिबलमा सहभागीता जनाउने वा नजनाउने भन्नेबारेमा अझै निश्चित भइसकेको छैन् । खेल तालिका अनुसार बिहीबार नेपाली महिला टोलीले भारतीय महिला टोलीसँग खेल्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : ३४ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३