प्रारम्भिक बालविकासका लागि प्रदेश सरकारले बाध्यकारी कानून बनाउने « Khabarhub

प्रारम्भिक बालविकासका लागि प्रदेश सरकारले बाध्यकारी कानून बनाउने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बाल विकासको अधिकार कार्यान्वयनका लागि बाध्यकारी कानून बनाइने बताएका छन्  ।

‘प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूह’ले बुधबार आयोजना गरेको परामर्श कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले भविष्यका कर्णाधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वास्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत स्थापित गर्नुपर्ने बताए ।

मुख्यमन्त्री राउतले बाल विकासका लागि आवश्यक कानूनको खाका तयार पार्न आग्रह गर्दै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।

प्रदेशमा सञ्चालनमा रहेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा बालविकासको लागि छुट्टै अभियान चलाउनुपर्नेमा पनि उनले जोड दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ३ : ०२ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ