स्वरोजगार युवालाई पनि सामाजिक सुरक्षा कोषमा समेटिने « Khabarhub

स्वरोजगार युवालाई पनि सामाजिक सुरक्षा कोषमा समेटिने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले बहाना बनाएर सामजिक सुरक्षा कोषमा आवद्ध हुनबाट भाग्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।

‘सरकारले अक्षरमा लेखेर श्रमिक र रोजगारदाता दुवैका लागि व्यवस्थित ऐन बनाएको छ,’ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कोषका कार्यक्रम पुस्तौं पुस्ताका लागि हुनेगरी बनाइएको छ । यसमा सबैले अनिवार्य सहभगिता जनाउनुपर्नेछ ।’

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा योजना कार्यन्वयनले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने बताए  । सामाजिक सुरक्षा योजनाले बैदेशिक रोजगारीलाई निरुत्साहित गर्न पनि सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

मन्त्री यादवले औपचारिक क्षेत्रबाट शुरु भएको सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्र र स्वरोजगारलाई पनि समेट्दै लगिने बताए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषमा हालसम्म १० हजार ४ सय ७७ रोजगारदाता र १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भइसकेका  बताए । कोषमा हालसम्म १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ योगदान रकम संकलन भइसकेको कार्यकारी निर्देशक ज्ञवालीको भनाइ थियो ।

हालसम्म ६९ जिल्लाका रोजगारदाता तथा श्रमिक सुचिकृत भएको कोषले जनाएको छ । पहिलो चरणमा औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने र दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई यस योजनाले समेट्ने गरि काम गरिएको ज्ञवालीले बताए।

सरकारले गत वर्ष मंसिर ११ गते ‘नयाँ युगको शुरूवात’ भन्दै  योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरु गरेको थियो ।

सरकारले सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणा भएको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय समेत गरेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ३ : २० बजे

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगे गगन-सुधन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा