स्वरोजगार युवालाई पनि सामाजिक सुरक्षा कोषमा समेटिने | Khabarhub Khabarhub

स्वरोजगार युवालाई पनि सामाजिक सुरक्षा कोषमा समेटिने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले बहाना बनाएर सामजिक सुरक्षा कोषमा आवद्ध हुनबाट भाग्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।

‘सरकारले अक्षरमा लेखेर श्रमिक र रोजगारदाता दुवैका लागि व्यवस्थित ऐन बनाएको छ,’ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कोषका कार्यक्रम पुस्तौं पुस्ताका लागि हुनेगरी बनाइएको छ । यसमा सबैले अनिवार्य सहभगिता जनाउनुपर्नेछ ।’

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा योजना कार्यन्वयनले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने बताए  । सामाजिक सुरक्षा योजनाले बैदेशिक रोजगारीलाई निरुत्साहित गर्न पनि सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

मन्त्री यादवले औपचारिक क्षेत्रबाट शुरु भएको सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्र र स्वरोजगारलाई पनि समेट्दै लगिने बताए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषमा हालसम्म १० हजार ४ सय ७७ रोजगारदाता र १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भइसकेका  बताए । कोषमा हालसम्म १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ योगदान रकम संकलन भइसकेको कार्यकारी निर्देशक ज्ञवालीको भनाइ थियो ।

हालसम्म ६९ जिल्लाका रोजगारदाता तथा श्रमिक सुचिकृत भएको कोषले जनाएको छ । पहिलो चरणमा औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने र दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई यस योजनाले समेट्ने गरि काम गरिएको ज्ञवालीले बताए।

सरकारले गत वर्ष मंसिर ११ गते ‘नयाँ युगको शुरूवात’ भन्दै  योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुरु गरेको थियो ।

सरकारले सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणा भएको दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय समेत गरेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ३ : २० बजे

पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य

रास्वपाको राजनीति प्रतिवेदन : रवि पक्राउ विरुद्धको हस्ताक्षर अभियान सफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चितवनको

एलन मस्क खर्बपति बन्ने

टेक्सास- अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख

सरकारले संसद्का पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्विचार गर्नुपर्छ : अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद्का पदाधिकारी तथा सदस्यले

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले