आगालागी पीडितलाई नगरपालिकाबाट नगद सहयोग « Khabarhub

आगालागी पीडितलाई नगरपालिकाबाट नगद सहयोग


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीमा आगलागीबाट पीडित भएका परिवारलाई चन्दननाथ नगरपालिकाले राहत उपलब्ध गराएको छ । आइतबार ग्यास लिक हुँदा घरमा आगो लागेपछि २४ कोठे घर जलेर नष्ट भएको थियो । नगरपालिकाले घर धनीलाई ६० हजार र घरभाडामा बसेका १६ परिवारलाई १०/१० हजार रुपैयाँ राहत रकम उपलव्ध गराएको हो ।

आगलागीबाट सबै सामान नष्ट भएकाले तत्कालीन आवश्यकता पूर्तिका लागि नगरपालिकाले थोरै भए पनि राहत रकम उपलब्ध गराएको उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिइन् । साँघुरो सडकका कारण दमकल समयमै लैजान नसक्दा आगो समयमै नियन्त्रणमा लिन सकिएको थिएन ।

गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा आगलागी भएको थियो । भदौ १६ मा चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा आगलागी भएको थियो । दुवै घरमा आगलागी हुने बित्तिकै दमकललाई खबर गरे पनि निभाउन सकिएको थिएन । बाटो नभएकाले दमकल लिन सकिने अवस्था नरहेको उपप्रमुख न्यौपानेको भनाइ छ । नवराज श्रेष्ठको घरमा आगलागी हुँदा ६० लाख ७९ हजार र जयबहादुरको घरमा आगलागी हुँदा ७३ लाखको क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ३ : ३२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको