आगालागी पीडितलाई नगरपालिकाबाट नगद सहयोग « Khabarhub

आगालागी पीडितलाई नगरपालिकाबाट नगद सहयोग


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीमा आगलागीबाट पीडित भएका परिवारलाई चन्दननाथ नगरपालिकाले राहत उपलब्ध गराएको छ । आइतबार ग्यास लिक हुँदा घरमा आगो लागेपछि २४ कोठे घर जलेर नष्ट भएको थियो । नगरपालिकाले घर धनीलाई ६० हजार र घरभाडामा बसेका १६ परिवारलाई १०/१० हजार रुपैयाँ राहत रकम उपलव्ध गराएको हो ।

आगलागीबाट सबै सामान नष्ट भएकाले तत्कालीन आवश्यकता पूर्तिका लागि नगरपालिकाले थोरै भए पनि राहत रकम उपलब्ध गराएको उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिइन् । साँघुरो सडकका कारण दमकल समयमै लैजान नसक्दा आगो समयमै नियन्त्रणमा लिन सकिएको थिएन ।

गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा आगलागी भएको थियो । भदौ १६ मा चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा आगलागी भएको थियो । दुवै घरमा आगलागी हुने बित्तिकै दमकललाई खबर गरे पनि निभाउन सकिएको थिएन । बाटो नभएकाले दमकल लिन सकिने अवस्था नरहेको उपप्रमुख न्यौपानेको भनाइ छ । नवराज श्रेष्ठको घरमा आगलागी हुँदा ६० लाख ७९ हजार र जयबहादुरको घरमा आगलागी हुँदा ७३ लाखको क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ३ : ३२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज