कांग्रेसको प्रश्न– ७० वर्षका ओली प्रधानमन्त्री बन्न मिल्ने खेमराज गुरुले किन नमिल्ने ? « Khabarhub

कांग्रेसको प्रश्न– ७० वर्षका ओली प्रधानमन्त्री बन्न मिल्ने खेमराज गुरुले किन नमिल्ने ?


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले ७० वर्ष हाराहारी उमेरका केपी ओली प्रधानमन्त्री बन्न मिल्ने अनि त्यस्तै उमेरमा खेमराज पौडेल चाँहि किन नमिल्ने भन्दै प्रश्न गरेको छ ।

बुधवार पोखरामा आयोजित चुनावी सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले कास्कीमा उम्मेदवार बनाएको भन्दै टिप्पणी गरेका थिए ।

केही महिना अघि संसदमा कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई नेकपाले आराम दिनुपर्ने बताएको जवाफमा प्रचण्डले कास्कीमा भनेका थिए ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई । जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ त ?’

प्रचण्डको यस्तो भनाइ सार्वजनिक भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको प्रतिवाद गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले प्रचण्डको उचाइ र उमेरले यस्तो बोल्नु शोभनिय हो भन्दै प्रश्न वगरेका छन् ।

‘देवघाट पठाउने उमेरमा सांसद ?  प्रचण्डले आज पोखरामा भन्नु भो । कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ?’ शर्माले अगाडि भनेका छन्, ७० कटेका ट्रम्प अमेरिकाको रास्ट्रपति बन्न मिल्ने,७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने,अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?’

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : २३ बजे

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा