टुटल पठाओ लगायतलाई नरोक्नुहोस्– यातायातमन्त्री नेम्वाङ « Khabarhub

टुटल पठाओ लगायतलाई नरोक्नुहोस्– यातायातमन्त्री नेम्वाङ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले टुटल पठाओ लगायतलाई नरोक्न निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानून नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए।

‘युवाहरूले काम पाइरहेको र यात्रुहरूले सेवा पाइरहेकाले यस्ता सेवा रोक्नु भन्दा यस्ता सेवाका बारेमा अध्ययन गरि कानून नबनुन्जेललाई यथास्थितिमा चल्न दिनुस्’ मन्त्री नेम्वाङको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने ।

यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो । यो सूचना प्रकाशित भएसँगै केही टुटल र पठाओ सेवा चालक पक्राउसमेत भएका थिए ।

केही समय अघि पनि टुटलमाथि कारवाही थालिएपछि व्यापक विरोध भएको थियो र प्रधानमन्त्री केपी ओलीले सञ्चालन गर्न नरोक्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ३१ बजे

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा