प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलाइसिस गरियो « Khabarhub

प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलाइसिस गरियो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एपेन्डिसाइटिसको शल्यक्रियापछि आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौं पटक डायलाइसिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नै आज डायलाइसिस गरिएको हो ।

अस्पताल स्रोतले भन्यो, ‘प्रधानमन्त्री मिर्गौलाका समेत बिरामी भएकोले उहाँको मिर्गौलाले काम गर्दैन, त्यसैले अहिले भर्खरै डायलाइसिस गरेर सकियो । अहिले प्रधानमन्त्री आईसीयूमै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीको यसअघि ग्राण्डी अस्पतालमामा डायलाइसिस गरिएको थियो ।

यसैबीच अस्पातलले प्रेस विज्ञप्ति  जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाउँदै निरन्तर निगरानीमा राखेर उपचार भइरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : ४३ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी