भ्रमण वर्षलाई लक्षित गरी पर्यटक सवारी चालकलाई प्रशिक्षण | Khabarhub Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी पर्यटक सवारी चालकलाई प्रशिक्षण


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण दिइएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोग तथा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपको आयोजनामा आज पर्यटक सवारी चालक भाडाका सवारी चालक तथा रिक्सा चालकलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले पर्यटक सवारी चालकले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले चालकलाई प्रशिक्षण दिएको बताए । पर्यटक सवारी चालकको राम्रो व्यवहारले पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ थियो ।

“सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, पर्यटक सवारी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा सोचेभन्दा धेरै पर्यटक आउन सक्छन्”, उनले भने । पर्यटकमैत्री चालक निर्माणका लागि प्रशिक्षण दिइएको उनको भनाइ थियो ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रहरी नायब निरीक्षक दिनेश थापाले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको पहिलो साक्षात्कार पर्यटक सवारी चालकसँग हुने भएकाले चालक सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्ने बताए ।

सरकारले तोकेको मापदण्डविपरीत चल्ने पर्यटक सवारी साधनलाई कारवाही गरिने उनको भनाइ थियो ।

स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी एकाइले देशभरका २७ स्थानबाट पर्यटकलाई सुरक्षा र सेवा प्रदान गर्दै आइरहेको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन पर्यटन लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ४५ बजे

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि