भ्रमण वर्षलाई लक्षित गरी पर्यटक सवारी चालकलाई प्रशिक्षण « Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी पर्यटक सवारी चालकलाई प्रशिक्षण


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण दिइएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोग तथा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपको आयोजनामा आज पर्यटक सवारी चालक भाडाका सवारी चालक तथा रिक्सा चालकलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले पर्यटक सवारी चालकले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले चालकलाई प्रशिक्षण दिएको बताए । पर्यटक सवारी चालकको राम्रो व्यवहारले पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ थियो ।

“सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, पर्यटक सवारी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा सोचेभन्दा धेरै पर्यटक आउन सक्छन्”, उनले भने । पर्यटकमैत्री चालक निर्माणका लागि प्रशिक्षण दिइएको उनको भनाइ थियो ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रहरी नायब निरीक्षक दिनेश थापाले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको पहिलो साक्षात्कार पर्यटक सवारी चालकसँग हुने भएकाले चालक सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्ने बताए ।

सरकारले तोकेको मापदण्डविपरीत चल्ने पर्यटक सवारी साधनलाई कारवाही गरिने उनको भनाइ थियो ।

स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी एकाइले देशभरका २७ स्थानबाट पर्यटकलाई सुरक्षा र सेवा प्रदान गर्दै आइरहेको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन पर्यटन लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ४५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु