अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत « Khabarhub

अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- रामजानकी विवाह (विवाह पञ्चमी) महोत्सवका लागि भारतको अयोध्याबाट आएका जन्ती आज साँझ नेपाल प्रवेश गरेका छन् ।

जिल्लाको भारतीय सीमावर्ती बजार मधवापुरबाट जन्ती नेपालतर्फ प्रवेश गर्दै मटिहानी आइपुगेका हुन् ।

मटिहानी प्रवेशद्वारमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थसहितका विशिष्ट व्यक्तिले स्वागत गरे ।

जन्ती आज मटिहानीमै बास बस्नेछन् । महोत्सवमा सरिक हुन जन्ती भई आएका साधुसन्तलाई मिष्ठान्न परिकार ख्वाइने चलन रहेको लक्ष्मीनारायण मठका उत्तराधिकारी मानमहन्थ रवीन्द्रदास वैष्णबले बताए । आज मटिहानीमा रात्रि विश्राम गरेपछि भोलि बिहान जन्तीको लावालस्कर जिल्ला सदरमुकाम जलेश्वरस्थित श्री जलेश्वरनाथको दर्शन गर्दै साँझ जनकपुरधाम पुग्नेछ ।

मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेपछि जिल्लाकै पिपरा गाउँपालिकाको चाँदनीचोकमा दिवा खाना खुवाएर विश्राम गराई जन्तीलाई जनकपुरतर्फ बिदा गर्ने चलन रहे पनि यसपालि भने उपनिर्वाचनका कारण जन्ती सोझै जनकपुर पुग्नेछन् ।

यसैबीच आज बुधबार नै रामजानकी विवाह महोत्सवको मटकोर विधि मटिहानीमा सम्पन्न गरिनेछ । अघि त्रेता युगमा राम सीताको विवाह हुँदा मटिहानीकै लक्ष्मीसागर (तलाउ) बाट माटो खनेर त्यही माटोले मटकोर (विवाहको बेदी, यज्ञस्थल बनाइने) गरिएको विश्वासमा यहाँ मटकोर गर्ने पुरानो परम्परा रही आएको छ ।

जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मङ्गलबार नै शुरु भएको छ । पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभङ्ग, चौथो दिन मटकोर, पाँचौँ दिन तिलकोत्सव, छैठौँ दिन स्वयम्वर र वैवाहिक कार्यक्रम र सातौँ दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न गरिने चलन छ ।

महोत्तरी नाकाबाट प्रवेश गरेका जन्तीलाई विवाहपश्चात् रामकलेवा विधि सम्पन्न गरेर वीरगञ्ज नाकाबाट अयोध्याका लागि बस्त्र आभूषणसहित बिदाइ गरिने जानकी मन्दिर प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ४३ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो