उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्यांकन हुन्छः सहमहामन्त्री महत | Khabarhub Khabarhub

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्यांकन हुन्छः सहमहामन्त्री महत


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्यांकनका रूपमा उपनिर्वाचनलाई लिएको बताएका छन् ।

यही मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको संघारमा आज नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उनले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले काँग्रेसलाई फेरि रोज्ने बेला आएको दाबी गरे ।

देशको विकासको जिम्मेवारी काँग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उनले उपनिर्वाचनको नतिजा काँग्रेसको पोल्टामा ल्याएर विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनताले नेकपाप्रति विश्वास गुमाइसकेको जिकिर गर्दै काँग्रेस एक ढिक्का भएर अगाडि बढे काँग्रेसको जित सुनिश्चित रहेको बताए । काँग्रेसलाई निष्पक्ष उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न पनि आग्रह गरे ।

त्यस अवसरमा राप्रपा संयुक्तका केन्द्रीय सदस्यद्वय दिनेश श्रेष्ठ, रविन्द्रप्रताप शाहले राप्रपाको सबै मत काँग्रेसलाई दिने भएकाले यसपटकको उपनिर्वाचनमा काँग्रेसले जित सुनिश्चित हुने दाबी गरे ।

यसैबीच, आजै नेपाल मजदूर किसान पार्टीले पनि चुनावीसभाको आयोजना गरेको थियो । कमलविनायक भत्केको पाटीमा आयोजना भएको चुनावीसभामा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको आलोचना गर्दै सीमा सुरक्षामा सरकार कमजोर बनेको आरोप लगाए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : १५ बजे

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित

‘सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ’

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई