शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा तथा दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आर्मी र शेर्पा क्लब मध्यान्न १२ बजे भिड्नेछन् । यस्तै, दशरथ रंगशालामा पुलिस र सरस्वती दिउँसो ३ बजे प्रतिस्पर्धामा उत्रनेछन् ।

लिगमा एक जित र एक हार ब्यहोरेको आर्मीको ३ अंक छ । दुबै खेल बराबरी खेलेको शेर्पाको २ अंक छ । दिनको दोस्रो खेलमा भिड्न लागेको पुलिसको १ अंक रहँदा सरस्वतीले खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : २८ बजे

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता

‘विशेष महाधिवेशनकै दिन पार्टी कार्यालयमा भेला राखेर संस्थापन पक्षले मुठभेड गर्न खोज्यो’

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै

नायक प्रवीणलाई एकल फिचर्ड गरी ‘शिवांंश’को टिजर सार्वजनिक

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को

रूकुम पूर्व र दैलेखबाट भरूवा बन्दुक बरामद

काठमाडौं– रूकुम पूर्वको सिस्ने गाउँपालिका-६ साग्रेखोलाबाट भरूवा बन्दुक १ थान र